ईन्द्रसरोवरको दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीय जुटे
मकवानपुर २१ साउन । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउंपालिका अन्तर्गत पर्ने एक दुर्गम गाउं भालुखर्क ,गोगने हांसुली, चुवाबन लगायतका ग्रामीण बस्तीलाई केन्द्रविन्दु बनाइ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउंले आफैं रकम संकलन गर्न थालेका छन ।
सामान्य स्वास्थ्य सेवा लिनको लागि घण्टौं हिंड्नुपर्ने वाध्यता रहेको र यो समस्याले विशेष गरि गर्भवती आमा,सुत्केरी महिला,वालवालिका तथा वृद्ध्वृ द्धाहरु निकै मर्कामा परेका छन् ।
गत १० महिना अगाडि मात्रै यस ग्रामीण बस्तिका कमला तामाङ नाम गरेकि १ जना महिलाले प्रसुति जटिलताका कारण ज्यान गुमाईन । , जन्मिदै एउटा शिशु टुहुरी भईन । यो निकै कहालीलाग्दो पीडालाई सहन नसकि सम्पूर्ण समदाय अव अप्रान्त कुनै पनि आमा प्रसुति जटिलताका कारण मृत्यु हुन नपरोस । कुनै पनि शिशु जन्मिदै टुहुरो हुन नपरोस ।
सामान्य सिटामोल या प्राथमिक उपचारको लागि घण्टौं धाउन नपरोस भन्ने अभिप्रायले प्रत्येक घरधुरी बाट रकम संकलन गर्दै विभिन्न सहयोगी मनहरुलाई सहयोगको लागि आह्वान गर्दै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना अभियानमा जुटेका छन ।
मिति २०७५ श्रावण २० गते भएको औपचारिक उद्घाटन कार्यक्रमको दिन रु ७३ हजार संकलन भएको छ । ६ महिना भित्र भवन निर्माण गर्ने उद्देश्यका साथ अभियानको थालनी गरिएको र यसको लागि करिब १५ लाख रुपैया स्रोतको खोजी तथा व्यवस्थापनमा लागि परेको कुरा सामाजिक अभियन्ता एवं स्वास्थ्यकर्मी सागर लामाले बताए ।
