भरतपुर राजश्व कार्यालयले गर्यो २१ अर्ब ८० करोड राजश्व संकलन

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १७:५६

चितवन, १८ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको जानकारी दिएको छ । रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो ।

मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय कार्यालय स्रोतको जानकारी छ । आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपुर पूर्वी नवलपरासी जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर र तीन मदिरा उद्योग छन् ।

नवलपुरमा चार मदिरा तथा दुई बियर उद्योग छन् । नवलपुरमा रहेको गोर्खा ब्रुअरीले सबैभन्दा धेरै रु नौ अर्ब सात करोड ४८ लाख राजश्व बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*