बालिका करणी गरी फरार भएका दास पक्राउ परे

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १७:४६
File Photo

राजविराज १८ साउन । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका धर्मेन्द्रकुमार दासलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहुल गाउँपालिका काचन बस्ने २२ बर्षिय दासलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

सप्तरी जिल्ला अदालतले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*