रोजगार चौतारीले दियो हेटौंडामा हेबी ईक्यूप्मेन्ट चलाउने तालिम
जी. न्यौपाने
मकवानपुर १८ साउन । रोजगार चौतारी नेपालको आयोजनामा हेटौंडामा हेबी ईक्यूपमेन्ट चलाउने सम्बन्धी १ महिने तालिम संचालन भईरहेको छ । बेरोजगार बसेका युवा युवतीहरुलाई सस्तो सुलभ तथा भरपर्दो माध्ययबाट सेवा सुविधा उपलब्ध गराउने उदेश्यले तालिम संचालन गरिएको चौतारी नेपालका व्यवस्थापक सन्तोस धिमालले बताए ।
उनले भने यो पहिलो चरणको तालिम हो । १३ जना पुरुष र १ जना महिला समेत गरी १४ जनाले तामिल लिईरहेका छन् हामीले हेबी ईक्यूप्मेन्ट चलाउन सहरबाहिर जान नपरोस भनेर हेटौंडामानै यस तालिमको आयोजना गरेका हौं ।
उनका अनुसार तालिम भदौ ३ गतेसम्म पहिलो चरणको तालिम समापन गरिने छ ।
