जिविसको नाममा रहेको जग्गा भिफफेदी गाउँपालिकाको स्वामित्वमा
मकवानपुर १८ साउन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय बैठकले भिमफेदी गाँउपालिका वडा नम्बर ६ मा रहेको जग्गा भिमफेदी गाँउपालिकालाई दिनेगरी निर्णय भएको छ ।
साविक जिल्ला बिकास समिती मकवानपुरको नाममा रहेको उक्त जग्गा भिमफेदी गाउपालिकालाई पुर्ण स्वामित्व हस्तान्तरण गर्ने निर्णय मन्त्रालयबाट भएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
उनका अनुसार जग्गाको लालपुर्जा गाउँपालिकाको नाममा बनाउने तयारी भईरहेको छ ।
कित्ता नम्बर ८ को ०–८–१/२ क्षेत्रफल भएको उक्त जग्गामा गाउँपालिकाको भवन बन्ने योजना अधि सारिएकोे समेत अध्यक्ष लामाको भनाई छ ।
