विद्यार्थीहरुको माग पुरा गर्न मकवानपुर बहुमुखी क्याम्पसले माग्यो ९० दिनको म्याद

तु खबर संवाददाता
२०७५ श्रावण १७, बिहीबार २१:१३

मकवानपुर १७ साउन । मकवानपुर बहुमुखी क्याम्पस र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस समितिका विद्यार्थीहरुबीच आज छलफल भएको छ । क्याम्पस प्रशासनको लापरवाही भएको भन्दै सुधार गर्नको लागि विद्यार्थीहरुले ४८ घण्टे अल्टिमेटम दिएका थिए । सोहि विषयमा आज क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच छलफल भई क्याम्पस प्रशासनले आफ्ना गल्तीहरु सुधार गर्नको लागि तयार रहेको युनियनका वरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्यालले जानकारी दिए ।

छलफलबाट केहि मागहरु तत्काल पुरा गर्ने कोसिस क्याम्पस प्रशासनले गरेको र बाँकी मागहरु ९० दिनभित्रमा पुरा गर्नेगरी सहमति भएको बरिष्ठ उपाध्यक्ष अर्यालको भनाई छ ।
छलफलको क्रममा क्याम्पस प्रशासनको राम्रा कामहरुमा समेत विद्यार्थी युनियनको सहयोग रहने प्रतिवद्धता आफुहरुले जनाएको समेत अर्यालले बताए ।

छलफल कार्यक्रममा क्याम्पस प्रमुख बच्चुराम अधिकारी, युनियन क्याम्पस समितिका अध्यक्ष रामकृष्ण सिवाकोटी लगाएतको उपस्तिथि रहेको थियो ।

क्याम्पस प्रशासन चुस्त दुरुस्त नभएको र क्याम्पस प्रशासनले स्ववियुको अधिकारमाथी हस्तक्षेप गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस समितिका विद्यार्थीहरुले केहिदिन अधि अल्टिमेटमपत्र क्याम्पसमा बुझाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*