दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलबिच भेट

तु खबर संवाददाता
२०७५ श्रावण १७, बिहीबार १९:२१

काठमाण्डौ १७ साउन । नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गरे । कोरियन भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन पनि राजदूत पार्कलेले आग्रह गरे ।

कोरिया जाने नेपालीहरुलाई सीपमूलक तथा व्यवसायिक बनाउन र प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम कार्यक्रमको विस्तार र विकासको लागि सहयोग, साझेदारी र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न कोरिया सरकार तयार रहेको राजदूत पार्कले बताए ।

भेटमा मन्त्री पोखरेलले नेपालको समग्र विकासमा कोरिया सरकारको सहयोगको लागि धन्यवाद व्यक्त गरे । शिक्षा तथा विज्ञान प्रविधि क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष रुपमा प्राप्त सहयोगले विद्यालय शिक्षादेखी उच्च शिक्षा सम्मको विकासमा कोरिया सरकारको सहयोग महत्वपुर्ण रहेको उल्लेख गरे ।

दक्षिण कोरिया जस्तैं नेपालको पनि तीब्र विकास गर्न कोरियाको आर्थिक प्राविधिक सहयोग र मार्ग दर्शन नेपालको लागी कोशे ढुङ्गो हुने बताउदैं मन्त्री पोखरेलले नेपालका कर्मचारी तथा शिक्षकहरुलाई कोरियन सरकारले दिने गरेको व्यवस्थापन तथा सुचना प्रविधि सम्बन्धी तालिम ले नेपालको शिक्षा क्षेत्रको विकासको लागि ठुलो योगदान पुगेको छ भने ।

कोरिया सरकार र नेपाल सरकार वीच सन् २००७ मा श्रम सम्झौंता भई नेपाली युवाहरुलाई कोरियामा रोजगारको अवसर प्राप्त हुँदा दुई देशवीच प्रविधि र ज्ञान दुवैं आदान–प्रदान मात्र नभई नागरिक वीचको सद्धाभमा पनि बढोत्तरी भएको मन्त्री पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*