पूर्वसांसद जोशीको गएराति निधन

तु खबर संवाददाता
२०७५ श्रावण १६, बुधबार ११:५२

बैतडी १६ साउन । नेपाली काँग्रेसका तर्फबाट पूर्वसाँसद कृष्णकुमार जोशीको गएराति निधन भएको छ । बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद जोशीको मंगलबार निधन भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*