मकवानपुर बहुमुखि क्याम्पस प्रशासनले मनोमानी गरेको भन्दै विद्यार्थीहरुले दिए ४८ घण्टे अल्टिमेटम
मकवानपुर १५ साउन । मकवानपुर बहुमुखि क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रशासनको लापरवाही भएको भन्दै सुधार गर्नको लागि ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
क्याम्पस प्रशासन चुस्त दुरुस्त नभएको र क्याम्पस प्रशासनले स्ववियुको अधिकारमाथी हस्तक्षेप गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस समितिका विद्यार्थीहरुले आज अल्टिमेटमपत्र क्याम्पसमा बुझाएका छन् ।
क्याम्पसका विभिन्न गतिविधिहरु क्याम्पसले आफ्नै मनोमानी ढङगबाट संचालन गरी विद्यार्थीहरुलाई वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनले आज ध्यानाकर्षणका लागि अल्टिमेटम बुझाएको यूनियनका वरिष्ट उपाध्यक्ष बुद्धिराज अर्यालले बताए ।
सोहि पत्रमा उल्लेख भए अनुसार विद्यार्थी युनियनले गरेका मागहरुमा क्याम्पसका विभिन्न कर्मचारीहरुलाई युनिफर्मको व्यवस्था गरीनुपर्ने ,विभिन्न बहाना बनाई क्याम्पस खुल्ला रहेको समयमा पनि विद्यार्थीहको काम नगरीदिने प्रचलनको अन्य गर्न क्याम्पस प्रशासन संग विद्र्थीहरुले जोडदार माग गरेका छन् । त्यसैगरी आर्थिक विवरण मासिक रुपमा पारदर्शी ढङगले प्रश्तुत गरीनुपर्ने समेत युनियनको माग छ ।
सम्पुर्ण कक्षाकोठामा सि.सि टिभि क्यामेराको व्यवस्था गरिनुपर्ने माग समेत युनियनको ध्यानाकर्षण पत्रमा उल्लेख छ । क्याम्पसका कुनैपनि पिरियड संचालन नभएको गुनासो आईरहेकाले क्याम्पसको उक्त विषयमा पनि ध्यान जानुपर्ने उनीहरुको माग छ ।
