पदमपोखरीमा आगलागी पीडितलाई सहयोग
मकवानपुर, १५ साउन । २ महिना अघि घरमा आगलागी भएर समस्यामा परेकी हेटौँडा १३ पदमपोखरी निवासी आगलागी पिडितलाई एक सहकारीले सहयोग गरेको छ ।
सहकारीको शेयर सदस्य समेत रहेकी सिता थिङलाई महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पदमपोखरीले खाद्यान्न तथा नगद सहयोग गरेको हो । सहकारीका शेयर सदस्यहरुबाट उठेको नगद ३५ हजार सहयोग रकम समेत हस्तान्तरण गरिएको बताइएको छ ।
गत जेठमा आगलागी भएकै दिन सहकारीले खाद्यान्न वितरण समेत गरेको संस्थाका अध्यक्ष विष्णुमाया लामाले बताइन् । करेन्ट सर्ट भएर घरमा आगलागी भएको थियो ।
