हेटौँडामा काँग्रेसको विरोध जुलुस सुरु

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १३:४६

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो ।

हिजो पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले प्रर्दशनको जानकारी गराएको थियो । कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले केपी ओली नेतृत्व सरकारको मनोमानी रोक्न आन्दोलनमा उत्रनु बाध्य भएको बताएका छन् ।

कांग्रेसले अहिलेको सरकारले देशमा महँगी बढ्दा समेत सरकार गैरजिम्मेवार बनेको, सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने ऐन रहेपनि सरकारले त्यसो नगरेको, स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्न खोजेको,अघिल्लो सरकारको निर्णय लागू नगरेको, स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप गरेको, बाढी–पहिरो पीडितको वेवास्ता गरेकोलगायतका विषयले गर्दा आन्दोलन गर्नु परेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*