मकवानपुरका नयाँ सिडिओलाई कार्यभार सम्हाल्ने बित्तिकै ३५ बुँदे ज्ञापन पत्र

तु खबर संवाददाता
२०७५ श्रावण १५, मंगलवार १३:१५

मकवानपुर, १५ साउन । मकवानपुरमा सरुवा भइ आएका मकवानपुरका नयाँ प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई संयुक्त ट्रेड युनियन संघर्ष समितिले ३५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । समितिले आज जिल्ला प्रशासन कार्यालय मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुग्ने गरी सिडिओ तामाङलाई ज्ञापन पत्र बुझाएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमल्सिना, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्री, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजान तिमल्सिना र प्रगतिशिल स्वतन्त्र ट्रेड युनियन (पिकोण्ट) का अध्यक्ष केदार गिरीले संयुक्त रुपमा सिडिओ तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।

अधिकार सम्पन्न वेतन बोर्ड गठन गर्नुपर्ने, श्रमिकलाई सहुलियत कार्डको व्यवस्था गर्नुपर्ने, श्रमिकले तिरेको रेमिटेन्स श्रमिककै हितमा प्रयोग गर्नु पर्ने, श्रमिकको मौलिक हक र हड्ताल अधिकारलाई सूनिश्चत गनुपर्ने लगायतका ३५ बुँदे मागसहितको ज्ञापनपत्र समितिले बुझाएको हो । सरकारले निर्धारण गरेको मजदुरको न्यूनतम पारिश्रमिकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले मजदुरलाई मासिक न्यूनतम २५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*