नेपाल निजामति कर्मचारी संगठनले गर्यो बृक्षरोपण
मकवानपुर १५ साउन । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा शहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नं १५ को कार्यालय परिसरमा विभिन्न जातका २०० गोटा विरुवा रोपिएको हो ।
जिल्ला कार्य समितिका अध्यक्ष शहदेव आचार्यको अध्यतामा आयोजित कार्यक्रममा उपाध्यक्ष यादविन्द्र पौडेलले कार्यक्रमका बारेमा जानकारी तथा स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य विष्णु प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा १५ नं वडाका वडा अध्यक्ष महारत्न लामाको विशेष आतिथ्यता तथा पेसागत महासंघ नेपालका केन्द्रिय सदस्य मैना कुमारी पोखरेल, पेसागत ईलाका कमिटिका ईन्चार्ज राधाकृष्ण फुयाल, पेसागत महासंघ जिल्ला समितिका अध्यक्ष बरुण कुमार शाह ,निमित्त जिल्ला वन अधिकृत राधिका शर्मा, प्रशासकिय अधिकृत गुणराज गौतम, वडा सचिव , वडा सदस्य लगायतको आतिथ्यता तथा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वृक्षारोपण कार्यक्रमका लागि जिल्ला वन कार्यालयले २०० वटा विरुवा तथा प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले वृक्षारोपण कार्यक्रम आयोजना गरी वडा कार्यालयको परिसर हराभरा बनाउने कार्यमा सहयोग गरेकामा आयोजक संगठनलाई धन्यवाद दिदै आगामी दिनमा यस्ता किसिमको कार्यक्रममा वडाले विशेष प्राथमिकता दिई दिवसका अवसरमा रोपिएका विरुवालाई दिगो रुपमा संरक्षण गर्न आफु प्रतिवद्ध रहेको समेत बताएका छन् ।
