राजनीतिक दलका प्रतिनिधिहरुले मागे नगरपालिकाको आयव्यय विवरण
लहान, १३ साउन । सिरहाको लहानमा स्थानीय राजनीतिक दलका प्रतिनिधिले गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ मा भएका योजनाहरुको आम्दानी र खर्चको विवरण शार्वजनिक गर्न माग गरेका छन् ।
नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका गर्दै स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिले सामूहिक निवेदनमार्फत् तत्काल बिल भरपाई उपलब्ध गराउन माग गरेका हुन् ।
उनीहरूले विकास, निर्माण र लक्षित कार्यक्रममा आफ्ना नातेदारलाई प्रयोग गरी बिल भरपाई बनाएको आरोप लगाएका थिए ।
