मकवानपुरका सिडिओले बिदा हुँदै भने–‘मकवानपुरको बसाई यादगार रह्यो’
मकवानपुर, १३ साउन । मकवानपुरबाट सरुवा भएका तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफ्नो मकवानपुर बसाई निकै यादगार रहने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले मकवानपुरको बसाई यादगार रहने र सबैको साथ पाएको बताएका हुन् ।
जिल्लामा रहँदा शान्ति सुरक्षाको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिससले बुढालाई बिदाइ गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

मकवानपुरबाट सरुवा भएका बुढाले अब कास्कीमा जिम्मेवारी सम्हाल्नेछन् । मकवानपुरमा भने प्रमुख जिल्ला अधिकारीका रुपमा आस्मान तामाङ आउँदैछन् ।
