अबैध रुपमा सालको काठ चिर्दै गरेका ३ जनालाई प्रहरीद्वारा प्रक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण १२, शनिबार १८:१८
File Photo

कपिलवस्तु १२ साउन । कपिलबस्तु नगरपालिका ६ बर्मेलिटोलस्थित सखरहवा गाउँबाट अबैध रुपमा सालको रुख चिर्दै गरेको अभियोजमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थान बस्ने ४३ वर्षीय खिमबहादुर परियार समेत ३ जनालाई अबैध रुपमा चिर्दै गरेको १३ वटा सालको गोलिया काठ सहित प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*