५ औं वाषिकोत्सवको अवसरमा सानिमा बैंकले गर्यो हेटौंडामा रत्तरदान कार्यक्रम

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १६:४२

मकवानपुर ९ साउन । सानिमा बैंक हेटौंडा साखाको आयोजनामा आज बुधबार हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरपारी रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा बोल्दै सानिमा बैंक हेटौँडा शाखाका प्रमुख रामेश्वर खतिवडाले आफुहरुले रगतजस्तो निकै संवेदशिल पदार्थ अभाव भएको खबरपछि कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंकप्रसाद दाहालले बताए । रगत अभावको समयमा भएको कार्यक्रमले धेरै राहात प्रदान गरेको दाहालको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*