पानीको कुवामा डुवेर ५० बर्षीय थापाको मृत्यू

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १६:३१
file-photo

काठमाडौं ८ साउन । काठमाडौं चन्द्रगिरी नगरपालिका १५ नैकाप घर भएका ५० बर्षीय राजेन्द्र थापा बिष्णुदेवीस्थित सडकखण्डबाट करीब १६ फिट तल रहेको पानी जम्मा गर्ने कुवामा डुवी मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन् ।

पर्सा ,जगरनाथपुर गाउँपालिका ४ बस्ने कनही चौधरीको ३ वर्षीया छोरी रजनीकुमारी चौधरी खेल्ने क्रममा सोही ठाउँस्थित खेतमा जमेको पानीमा डुबी रहेको अवस्थामा फेला परेकीले पोखरीया अस्पताल पठाएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*