हेटौँडाको थानाभर्याङबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १७:३१

मकवानपुर, ०८ साउन । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आज बिहान हेटौँडा ११ थानाभर्याङबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

संयुक्त प्रहरी टोलीले थानाभर्याङ सडक खण्डमा जाँच गर्ने क्रममा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५३७२ नम्बरको बसमा सवार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ३६ को सुदर्शन ढकाललाई पक्राउ गरेको हो ।

उनको साथबाट लुकाईछिपाई राखेको लागुऔषध नोरफिन–१० एम्पुल , डाईजेपाम–१० एम्पुल, फेनार्गन–१० एम्पुल गरी जम्मा ३० एम्पुल र २ वटा सिरिन्ज फेला परेको थियो । उनलाई पक्राउ गरेपश्चात जिल्ला अदालत मकवानपुरमा पेश गरिएको ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*