स्कूल रोडमा भएको आगलागीमा भएको क्षतिको विवरण सार्वजनिक
मकवानपुर, ०८ साउन । आज दिउँसो हेटौँडा–४ स्कूलरोडमा भएको आगलागीमा भएको क्षतिको विवरण सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी १ लाख १९ हजार बराबरको क्षति भएको छ ।
स्कूल रोडस्थित केशवमान सांगामीको घरको भान्साकोडामा ग्यास लिक भई आगलागी हुँदा भाँडा वर्तन लगायतको क्षति भएको बताइएको छ । आगोलागी स्थानिय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
