‘धडक’ को कमाई बढ्दै, जाहन्वी र ईशानको पारिश्रमिक कति ?
एजेन्सी, ०८ साउन । चर्चित ब्लकबस्टर मराठी चलचित्रको रिमेकको रुपमा बनेको ‘धडक’ को कमाई ३ दिनमा करिब ३३ करोडमाथि पुगेको छ ।
दिवंगत श्रीदेवीकी छोरी जाहन्वी कपुरको डेब्यु अभिनय रहेको चलचित्रमा उनले ५० देखि ६० लाखसम्म पारिश्रमिक प्राप्त गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । त्यस्तै नायक इसान खट्टरले पनि उत्ति नै पारिश्रमिक प्राप्त गरेका छन् । डेब्यू नायक नायिकाभन्दा खलनायक र म्युजिक भिडियो कोरियोग्राफरले बढी पारिश्रमिक प्राप्त गरेका छन् ।
फिल्ममा खलनायकको भूमिकामा रहेका आशुतोष राणाले ८० लाख र कोरियोग्राफरले साढे १ करोड पारिश्रमिक प्राप्त गरेको बताइएको छ । त्यस्तै, फिल्मका निर्देशक शशांक खेतानले भने फिल्मको निर्देशन बापत ४ करोड प्राप्त गरेका छन् ।
