बाल यौन दुराचार गरेको आरोपमा फ्रेन्च नागरिक पक्राउ
काठमाडौैं, ०९ साउन । बौद्धको एक होटलबाट बाल यौन दुराचारको आरोपमा एक फ्रेन्च नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सोमबार उनलाई पक्राउ गरेको हो ।
यस अघि नै महानगरीय अपराध महाशाखाले स्वीस नागरिक पेटेर क्रिश्चियनलाई समेत सोही आरोपमा पक्राउ गरेको थियो ।
