नक्खु कारागारभित्रै फिल्मी शैलीमा भएको हत्याको नयाँ खुलासा
काठमाडौँ, ०८ साउन । ललितपुरको नक्खु कारागारभित्र एक कैदीको फिल्मी शैलीमा भएको हत्यामा नयाँ खुलासा भएको छ ।
उनको हत्यामा ‘सिरियल किलर’ अभिषेक सिंहसहित सोही जेलमा रहेका अर्का कैदी मनोज चौरसियाको समेत संलग्नता रहेको खुलासा भएको हो ।
गत वैशाख २२ गते कैदी भक्तबहादुर सुनुवारको हत्या भएको थियो । सिंह, चौरसिया र अर्का एक व्यक्तिलाई अभियुक्त बनाई मंगलबार जिल्ला अदालतमा मुद्दा दायर हुँदै छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डेढ महिना लगाएर गरेको अनुसन्धानमा तीन जनाको संलग्नता खुलेको हो।
५ वर्षदेखि जेलमा रहेका चौरसिया एचएन्डबी बैंकमा करिब १ अर्ब घोटालाका अभियुक्त हुन् भने ‘नेपाली शोभराज’ को उपनामले चिनिने सिंह ५ जनोका हत्या आरोपमा २०७० सालमा पक्राउ परेका अभियुक्त हुन् ।
