जंगली हरिण मारेको अभियोगमा पक्राउ
मोरङ, ०८ साउन । जंगली हरीण मारेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–२ घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका–७ बस्ने ३६ वर्षीय मोहन प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
को.१ ज २४८५ नम्बरको म्याजिक चालक समेत रहेका चौधरी र सुबेदीले कानेपोखरी गाउँपालिका–७ स्थित दही खोलामा जंगली हरीण मारेर काटेको मासु अन्दाजी २० किलो सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
