एकै वडाबाट ८ जना पक्राउ
काठमाडौं, ०८ साउन । सिराहाको लहान नगरपालिका–१७ बस्ने १८ वर्षीय रमेशकुमार चौधरी सहित ८ जनालाई लागूऔषध गाँजा ५० केजी र १ थान तराजु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाँउ बस्ने बगेश्वर चौधरीको घरमा लुकाई छिपाई बिक्री गर्न लैजानका लागि प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई उक्त गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
