रासकोटीले कुटेपछि युवकको ज्यान गयो
गुल्मी, ४ साउन । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोट बस्ने ३४ वर्षीय शेरबहादुर रासकोटीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई बुधबार सोही ठाउँ बस्ने ३१ वर्षीय रुकबहादुर रासकोटीले पैसा लेनदेनको बिषयमा कुटपिट गरेका थिए ।
घटनाको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले रुकबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
