श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ४, शुक्रबार १३:३८
File Photo

ईलाम, ०४ साउन । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

मोक्तानले बुधबार राती आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको भएपनि श्रीमान श्रीमतीको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको भन्ने बिहीबार खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*