हेटौँडाबाट ४ ट्याक्टर र १ टिप्पर नियन्त्रण

तु खबर संवाददाता
२०७५ श्रावण ४, शुक्रबार १३:०८
File Photo

मकवानपुर, ०४ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा नगर क्षेत्रबाट ४ वटा ट्याक्टर र १ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतबाट खटेको प्रहरी टोलीले हेटौडा नगरका बिभिन्न स्थानबाट ना ५ त ८०८८, ना ४ त ५९१९, ना ३ त २९१३, ना ४ त १९९५ नम्बरको ट्याक्टर तथा ना ७ ख ८६१६ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिइएको हो ।

ती ट्याक्टर तथा टिप्परहरुले नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) लोड गरेको र नियमानुसारको कर छली गरी ओसार पोसार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*