हेटौंडा उपमहानगरपालिकाले गराएन लेखा अधिकृत ढकाललाई कार्यालयमा हाजिरी
मकवानपुर ३ साउन । मकवानपुरको हेटौंडा उप–महानगरपालिकाको कार्यालयले लेखा अधिकृत देवराज ढकाललाई कार्यालयमा हाजिरी नगराउने निर्णय गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको चलानी नम्बर ९७१ को पत्र बमोजिम ढकालाई सिचाई विकास डिभिजन मकवानपुरबाट नगरपालिकाको कार्यालयमा सरुवा गरेको थियो ।
तर नगरपालिकाले ढकाललाई हाजिरी नगराउने भन्दै महालेखालाई नै जानकारीपत्र पठाएको छ । नगरपालिकाले कार्यालयमा लेखा सम्बन्धी कामगर्ने अधिकृत कर्मचारी मौजुद्धा भएको भन्दै ढकाललाई हाजिरी गराउन नसकिने व्यहोरा सहितको जानकारीपत्र महालेखालाई बुझाएको छ ।
ढकाल असार ३२ मा सिचाई विकास डिभिजनबाट रमानाभई नगरपालिकाको कार्यालयमा आएता पनि नगरपालिकाले महालेखालाई साउन १ गते ढकाललाई हाजिरी गराउन नसकिने भन्दै जानकारीपत्र पढाएको हो ।
हेर्नुहोस नगरपालिकाले महालेखालाई पठाएको जानकारीपत्र

