गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन शुरु
पोखरा ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु गरेका छन् । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् । संघीय संरचनापछि प्रथमपटक आलीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्नलागेका हुन् ।
प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री लगायतले स्वागत गरेका थिए ।
