लियो क्लव अफ हेटौँडा भुटनदेवीको अध्यक्षमा अधिकारी
हेटौँडा, ३२ असार । लियो क्लब अफ हेटौँडा भुटनदेवीको वर्ष २०१८–१९ को अध्यक्षमा अनिल अधिकारी चयन भएका छन् ।
त्यस्तै कार्यसमितिको प्रथम उपाध्यक्ष प्रतिष्ठा मान्धर, द्वित्तीय उपाध्यक्ष जिविका विडारी, तृतिय उपाध्यक्ष रुपक कालिराज, चौथो उपाध्यक्ष सुरज घलान, सचिव अर्जुन सञ्जेल, सह–सचिव रितेश ढुङ्गाना, कोषाध्यक्ष आशिष लामा, सह–कोषाध्यक्ष अस्मिता चौलागाई, एम.सि. प्रशन शुसान्त पोखरेल, जनसम्पर्क अधिकृत गणेश दुलाल चयन भएका छन् । त्यस्तै सदस्यहरु अनिशा थापा, मञ्जु पुडासैनी, दिपक सिङ रुम्बा, विन्द्रिरा चौलागाई, विजय बजगाई, करुणा राई, सर्मिला मगर, अजय बानियाँ, तान्या डिसि (अग्रवाल) लगायत चयन भएका छन् ।
डिस्ट्रिक्ट ३२५ बि २ का सिनियर डिस्ट्रिक्ट एडभाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा लियो क्लव अफ हेटौँडा भुटनदेवीका अध्यक्ष अशोक लामाको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ बि २ का डिस्ट्रिक्ट एडभाइजर लायन करुणा महतको विशिष्ट आतिथ्यता रहेको थियो ।
