लागुऔषधसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार १२:२१
Pic : University Of Oxford

बारा, ३२ असार । बारा जिल्लाको महागढीमाई नगरपालिका ७ बाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ । ललितपुर जिल्लाको चापागाउँ बस्ने ३० वर्षिय अनिल देसारलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले बारा जिल्लाको कवहीगोठबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा सवार देसारलाई जाँच गर्दा उनको साथमा फेनारगन ४३ वटा, लुपीजेसीक ५६ वटा, डाइजीपाम ५१ वटा, र २० ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका देसारलाई आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*