विश्वकप २०१८ को उपाधि फ्रान्सले जित्यो, क्रोएशिया ४–२ ले पराजित
मकवानपुर, ३१ असार । सन् २०१८ को फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । सन् १९९८ पछि फ्रान्सले दोस्रो पटक वल्र्डकपको उपाधि जितेको हो ।
२० वर्षपछि इतिहास रच्ने लक्ष्यका साथमा मैदानमा उत्रिएको क्रोएशियाको सपनालाई आईतबार राति फ्रान्सले ४–२ गोल अन्तरले पाखा लगाएको हो । २० वर्षअघि सन् १९९८ मा क्वाटर फाईनलमा फ्रान्सद्वारा नै पराजित क्रोएसियाको बदला लिने लक्ष्य समेत पुरा हुन सकेन ।
