२ दिनसम्म पश्चिमका केही स्थानमा अविरल वषाहुने अनुमान
काठमाडौँ, ३० असार । मौषम पूर्वानुमान महाशाखाको जानकारी अनुसार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने छ ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै शनिवार र आईतवार देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।
आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ ।
