बेपत्ता भएका महाशाखा प्रमुख पौडेल २२ दिनपछि मृत अवस्थामा भेटिए
तनहुँ ३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव शनिवार फेला परेको छ । बिहान करीब ८ बजेको समयमा पौडेलको सव तनहुँमा भेटिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् ।
सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
