राप्तीपुलको फलामे बार २ बर्षदेखि गायब
मकवानपुर ३० असार । मकवानपुरको हेटौंडा १० राप्तीखोलास्थित राप्तीपुलको बारको फलामे डण्डी भाँचिएर हराएको निकै बर्ष भएतापनि त्यसको मर्मतमा आजसम्म सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । २ स्थानमा डण्डी भाँचिएर खसेका कारण रातको समयमा यात्रा गर्ने पैदल यात्रुहरुलाई जोखिम रहेको स्थानियहरुको भनाई छ ।

