इन्द्रसरोवरमा खोलाले बगाएर १ जनाको मृत्यू
मकवानपुर, २९ असार । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।
गाउँपालिकाको वडा नम्बर–१ खड्पुलखेल बस्ने ४८ वर्षीय राजाराम गिरीको बिहीबार सोही ठाउँको पालुङ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
