मुसिकोटमा बस दुर्घटना, एकको मृत्यु, १६ घाइते
रुकुम, २९ असार । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामापरी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए । बाँकीको यकिन तथ्याङ्क भने आउँन बाँकी रहेको श्रेत्रीले जानकारी दिए ।
