फिफाको दृष्टिमा क्रोएसियाले विश्वकप जित्ने आधारहरु यस्ता छन्

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १६:५१

हेटौँडा, २९ असार । २० वर्ष अघि सेमिफाईनलको यात्रामा पुग्ने दौरानमा फ्रान्सले पराजित गरेको क्रोएसिया फेरि २० वर्षपछि फाईनलमा फ्रान्ससँग नै भिड्दैछ । सन् २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा क्रोएसियाले सानदार खेल खेलेको प्रति अन्तर्राष्ट्रिय फुटबल महासंघ –फिफा) ले क्रोएसियाको खेलको प्रसंशा गर्दै क्रोएसिया उपाधि लायक हुनुका तीन कारणहरु प्रस्तुत गरेको छ । हेर्नुहोस् ३ कारणहरु–

१) चमत्कारिक टिम र उच्च आत्मबल
प्रशिक्षक जेटलाट्को डालिकले क्रोएसियन टिमलाई फाइनलसम्म पुर्याउन धेरै मिहिनेत गरिरहेका र टिमको वातावरण अहिलेसम्मै उत्कृष्ट भएको खेलाडीहरुले बताउने गरेका छन् । पछिल्लो ५० दिन एकसाथ बिताइसकेका खेलाडीहरुले परिवार जस्तो महसुस गर्नुका साथै खेलाडीहरु मैदानमा एकअर्काका लागि ज्यान दिन तयार देखिएका छन् । लगातार ३ खेलमा थप समयमा खेल्नु परेपनि क्रोएसियाले टिम भावनाले खेल्दै जित निकालेको थियो ।

२.मानसिक रुपमा सबल
डेनमार्क, रसिया र इंग्ल्यान्ड, ३ वटै टिमविरुद्ध पछाडि परेर पनि क्रोएसियाले जित निकाल्यो । अघिल्ला २ खेलमा उसले पेनाल्टी सुटआउटमा जित निकालेको थियो । उत्कृष्ट पुनरागमन गर्न माहिर क्रोएसिया मानसिक रुपमा बलियो र खेलमा डटिरहने टिम हो । कप्तान लुका मोड्र्रिक भन्छन् –मैदानमा डटिरहने चरित्र देखाउन सफल भयौँ । यो चरित्रले क्रोएसियालाई फाइनलमा सहज हुने देखिन्छ ।

३.अनुभवी टिम
क्रोएसियाको स्वर्णिम पुस्ताको फुटबल टिमको नेतृत्व लुका मोड्रिकले गरिरहेका छन् । रियल म्याड्रिकका मिड फिल्डर मोड्रिक बाहेक टिममा बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र लिभरपुल जस्ता बलिया क्लबमा आबद्ध खेलाडी छन् । जसमा इभान राकिटिक, मारियो मान्जुकिक, इभान पेरिसिक, माटेओ कोभाकिक र डेजान लोभ्रेन पर्छन् । क्रोएसियन टिमको औसत उमेर २७ वर्ष १० महिना छ । टिममा अनुभवी खेलाडीसँगै आत्मविश्वास पनि छ । टिममा रहेका सबै खेलाडी क्लब फुटबलमा पहिलो रोजाइमा पर्छन् । अर्को तर्फ सबैले आफ्नो क्षमता राम्रोसँग बुझेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*