२० वर्षपछि विश्वकपको फाइनलमा क्रोएसिया र फ्रान्स भिड्दै

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १५:०६

एजेन्सी, २८ असार । सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागीता जनाउँदै फाइनल पुग्ने संघारमा रहेको क्रोएसियालाई सेमिफाइनलमै रोक्ने फ्रान्ससँग क्रोएसियाले पूनः २० वर्षपछि फ्रान्सको सामाना गर्ने भएको छ । उक्त समयमा फ्रान्सले क्रोएसियालाई २–१ ले पराजित गरेको थियो ।

रसियामा अन्डरडग टोलीका रुपमा उदाएको क्रोएसियाले आइतबार बेलुकी ८ः४५ बजे मस्कोको लुजनिकी स्टेडियममा फ्रान्सको सामना गर्दैछ ।

पहिलो पटक सभागी भएको समयमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाईनलमा पुगेको क्रोएसियालाई उक्त समयमा फ्रान्सले रोकेता पनि अहिले भने फाईनलमै दुई टिम भिड्ने भएको छ । इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो ।

रोचक कुरा त के भने उक्त समयमा फ्रान्ससँग सेमिफाईनलमा २–१ म पराजय ब्यहोरेको क्रोएसियाले सेमिफाइनलमा थ्री लायन्सलाई पनि २–१ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । क्रोएसियाका इभान पेरिसिक र मारियो मान्डुकिचले गोल गरेर क्रोएसियाको फाइनल यात्रा तय भएको हो ।

क्रोएसियाले हालसम्म फ्रान्ससँग खेलेको पाँच खेलमा विजय हासिल गर्न सकेको छैन । क्रोएसिया तीन खेलमा फ्रान्ससँग पराजित भएको थियो भने दुई खेल बराबरीमा सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*