ससुराको काजकिरियामा बुहारीलाई बञ्चित गरेपछि सामाजिक बहिस्कार
झापा, २४ असार । निधन भएका आफ्ना ससुराको काजक्रियामा बुहारीलाई सहभागी हुन नदिएको आरोपमा एक परिवालाई सामाजिक बहिस्कार गरिएको छ । झापा अर्जुनधारा–८, निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको हो ।
असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई उनकी श्रीमान तिलक सहित परिवारका सदस्यले काजक्रियामा सहभागी हुन नदिई उल्टै गालीगलौज गरेका थिए । उक्त घटनापछि समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार आयोजित भेलाले गएको घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म तिलक गौतमको परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय लिएको हो ।
हाल अमिता मेचीनगर–१०, मा रहेको डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा बसेका छन् ।
