३१ लाख चोरेर भाग्ने २ भारतीय पक्राउ

तु खबर संवाददाता
२०७५ असार २४, आईतवार १६:५७

काठमाडौँ, २४ असार । काठमाडौंको डल्लु स्थित आवास क्षेत्रमा रहेको एक घरमा कोही नभएको समयमा ३१ लख ३३ हजार मुल्य बराबरको धनमाल चोरी फरार रहेका भारतीय युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानका सोनी श्रेष्ठको घरबाट सामान चोरी गर्ने भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका करण पोदार र सुरज पोदारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ७२ हजार नेपाली रुपैयाँ, चोरी गर्दा प्रयोग हुने फलामको रड, हिराको औंठी, ६ तोला सुनका गहना, सोनी श्रेष्ठको स्थायी लेखा नम्बर कार्ड लगायतका अन्य गरगहना र केही परिमाणमा लागु औषध समेत बरामद गरेको छ ।

उनीहरुले नेपालमा चोरी गर्नका लागि बिहारबाट समुह नै बनाएर ल्याएको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले उपत्यकाका विभिन्न स्थानमा कवाडका सामान संकलन गर्ने बहाना बनाएर कोही नभएको मौकामा घरको झ्याल – ढोका फोडेर चोर्ने गरेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*