पदमपोखरीमा २ सय ५३ बाख्रा तथा बोका वितरण

तु खबर संवाददाता
२०७५ असार २४, आईतवार १६:२८

हेटौँडा, २४ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा २ सय ३० वटा बाख्रा तथा २३ वटा उन्नत जातका बोका वितरण गरिएको छ ।

‘कबुलयिती बन व्यवस्थापन, बोका तथा बाख्रा वितरण कार्यक्रम’ को आयोजना गरी पदम मिलन उपभोक्ता समिति पदमपोखरीले समितिमा आवद्ध २३ वटा समूहलाई समूहगत रुपमा १०–१० वटा बाख्रा तथा १–१ वटा बोका उपलब्ध गराएको हो ।

समितिका अध्यक्ष राजकुमार थिङको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रेञ्जर गगन शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा समूहमा आवद्ध सदस्यहरुहरु सहित स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*