मकवानपुरको ईन्द्रसरोवरमा दुई बालकको डुबेर मृत्यु

तु खबर संवाददाता
२०७५ असार २३, शनिबार १०:४८
file-photo

मकवानपुर २३ असार । मकवानपुरको ईन्द्रसरोवरमा हिजो शुक्रबार साँझ दुई बालकको डुबेर मृत्यू भएको छ । इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीमा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*