हेटौँडा उपमहानगरको निर्णय विरुद्ध उत्रिए राप्तीरोडका व्यवसायी

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार १६:३३

हेटौँडा, २२ असार । हेटौँडा उपमहानगरपालिकाले बिना परामर्श एक्कासी राप्तीरोडमा पार्किङ निषेध गरेपछि त्यसको विरोधमा राप्तीरोडका व्यवसायीहरुले शुक्रबार पसल बन्द गरेका छन् ।

हेटौँडामा सवारी चाप अत्याधिक बढेको भन्दै हेटौँडा उपमहानगरपालिकाको एकोहोरो निर्णयमा राप्तीरोडलाई ‘नो पार्किङ जोन’ बनाएको थियो । उक्त क्षेत्रमा अत्यावश्यक मेडिकलहरु समेत रहेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले समेत नगरको एकोहोरो निर्णयको विरोध गर्दै बिहीबार प्रेस विज्ञप्ति जारी गरीसकेको छ ।

‘नो पार्किङ’ घोषणा गरेपछि उक्त क्षेत्रको व्यवसायमा समेत नकरात्मक असर पर्ने व्यवसायीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*