प्रहरीद्वारा घरेलु मदिरा नष्ट

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार १४:५२
file photo

लहान, २१ असार । सिरहा प्रहरीले लहान नगरपालिका वडा नम्बर ५ मा आज ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट पारेको छ ।

अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको राससले जनाएको छ ।

लहान नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुने लगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्र भित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ ।

लहान नगरपालिका वडा नं ५ धाती टोलको हरेक घरमा आधुनिक तरिकाबाट अवैध मदिरा उत्पादन भइरहेको सूचना पाएपछि छापामारी मदिरा उत्पादन गर्ने सामग्री र तयारी अवस्थामा राखिएको हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*