१२ कार्टुन चुरोट र २६ वटा गोरु नियन्त्रण

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार १०:१९

इलाम, २१ असार । अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले इलामको सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट चुरोट बरामद गरेको हो ।

त्यस्तै, गत असार १८ गते राति सोही नगरपालिकाको वडा नम्बर ३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका गोरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगरमा बुझाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*