बलिउड अभिनेत्री आयशा टाकियालाई ज्यान मार्ने धम्की

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार ०९:५३

एजेन्सी, २१ असार । बलिउड अभिनेत्री आयशा टाकिया र उनको परिवारलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । आयशाका पति फरहान आजमीले आफूहरुलाई फोन र म्यासेजबाट धम्की आएको ट्विटरमा सार्वजनिक गरेका हुन् ।

आर्थिक विवादमा उनीहरुलाई मुद्दा हाल्ने व्यक्तिले धम्की दिएका हुन् । आफ्नो ट्विटमा फरहानले डीएसपी परमजीत सिंह दहियामाथि आफ्नो रेस्पोन्स नगरेको र गुनासो सुन्न इन्कार गरेको आरोप लगाएका छन् । उनले दहियालाई पठाएको म्यासेजको स्क्रिनसट पनि राखेका छन् । यो ट्विट उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्यागसमेत गरेका छन् ।

फरहान समाजवादी नेता अबू आजमीका छोरा हुन् । उनको पूर्व विजनेस पार्टनर कासिफ खानसँग अदालतमा मुद्दा चलिरहेको छ । यस मामलामा बान्द्रा पुलिस स्टेसनमा उनका विरुद्ध कासिफ खानले धोखाधडीको मुद्दा दायर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*