आपत्तिजनक अवस्थामा देखेपछि फुपुले गरिन् भदैको हत्या
काभ्रे, २१ असार । यौनसम्पर्कको घटना लुकाउन काभ्रेको तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङलाई उनकै फुपुको संलग्नतामा हत्या भएको छ ।
तामाङको शव नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपु २१ वर्षीया मिना तामाङलाई एलिसाले बाख्राको खोरमा आपत्तिजनक अवस्थामा भेटेपछि पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेका हुन् ।
