ठग संचालकलाई धरौटीमा छोड्न आदेश दिने न्यायाधिस नै शंकाको घेरामा

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १९:३४

काठमाडौँ, २० असार । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा रकम असुलेर ठग्ने भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई थोरै धरौटी लिएर छोड्न आदेश दिने न्यायाधीश अमृतबहादुर बस्नेत छानविनको दायरामा आउने भएका छन् । उनीमाथि छानविन हुने भएको हो ।

भीएलएनका सञ्चालक श्रेष्ठविरुद्ध प्रहरीले झण्डै ३ अर्ब ठगीको मुद्दा चलाएपनि न्यायाधीश बस्नेतको इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तर न्यून धरौटीमा नै छोड्ने भएपछि काठमाडौं जिल्ला अदालत न्यायाधीश समेत रहेका बस्नेतमाथि न्याय परिषदले छानविन गर्ने भएको हो । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएकोमा छलफल गर्न बुधबार बसेको परिषदको बैठकले न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई छानविनको जिम्मा दिने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*